प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्रको चासो



बुटवल, ०९ जेठ । लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि नीजी क्षेत्र हातेमालोगर्न तयार रहेको बताएका छन् । प्रादेशिक अस्पताल बुटवलले आयोजना गरेको नीजी क्षेत्रका व्यवसायी तथा संघ संस्थाका प्रतिनिधीहरुसंगको छलफल कार्यक्रममा बोल्दै नीजी क्षेत्रका व्यवसायीक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिले अस्पतालको सेवा सुधार सहित भौतिक पुर्वाधार लगायतका विषयमा सहकार्य गर्न तयार रहेको बताएका हुन ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवलप्रसाद कसजुले विगतका दिनहरुमा पनि बुटवल उद्योग बाणिज्य संघले प्रशुतीगृह निर्माण सहितका विभिन्न भौतिक पुर्वाधार निर्माणमा काम गरेको भन्दै आगामी दिनमा भौतिक, नैतिक सहकार्यका लागि बुटवल उद्योग बाणिज्य संघ तयार रहेको बताए । बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका कसजुले अस्पतालमा आउने सेवा ग्राहीहरुको सेवाका लागि स सानो कुरामा सुधार गर्न आवश्यक रहेको भन्दै रोकीएको आधुनिक भवन निर्माणको ठेक्का टेन्डर अविलम्ब सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए ।

यस्तै नेपाल चेम्बर अफ कर्मस लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पोखरेलले अस्पतालको विकासका लागि सहकार्य जरुरी रहेको भन्दै विकास समिति, सञ्चालक समिति र संघ संस्थाका विचमा सहकार्य जरुरी रहेको बताए ।उनले यसको लागि रक्त सञ्चार सेवा केन्द्र को भवन निर्माण लगायतका विषयमा सहकार्य गर्न सकिने यसको लागि रुपन्देही उद्योग संघ, व्यापार संघ लायतका संघ संस्थाको विचमा सहकार्य गर्न तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सेवा विस्तार संगै गुणस्तरिय सेवा प्रवाह, सहज पहुँच सहितको सेवा मा अस्पातल अव केन्द्रीत हुनुपर्ने बताएका थिए । आयुर्वेद्धिक चिकित्सक संघका अध्यक्ष डा. डिके धिताल, रुपन्देही व्यापार संघका महासचिव दयानिधी भण्डारी, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, नेपाल औषधीव्यवसायी संघ रुपन्देहीका अध्यक्ष खड्क बहादुर बस्नेत, पश्चिम नेपाल बस व्यवसायी प्रालिका राम चन्द्र भुषाल, नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकाल, फार्मेसी संघ रुपन्देहीका अध्यक्ष रविन्द्र प्रसाद तिावरी, लगायतले बोल्दै जनताले सहज रुपमा सेवा प्राप्त गर्न सक्ने गरी सेवा प्रवाह गर्नको लागि आग्रह गर्दैै भौतिक, नैतिक, आर्थिक सहयोगमा संघ संस्थाहरुले सदैभ साथ दिने बताएका थिए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुर्दशन थापा क्षेत्रीले अस्पताल सुधार संगै सेवा विस्तारको योजानमा रहेको जानकारी दिदै उनले निकट भविश्यमा नै आँखा उपचार सेवा शुभारम्भ गरिने बताएका थिए ।उनले भौतिक पुर्वाधार अभावको कारण सेवा प्रवाहमा सहजता नभएको भन्दै अस्पलको प्रस्तावित गुरुयोजना अनुसारको भवन निर्माणको लागि प्रदेश सरकार, संघीय सरकारका विचमा संमन्वय जारी रहेको बताएका थिए ।

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रादेशिक अस्पताले के कुरामा जोड दिँदा सेवा सहज, छरितो र गुणस्तरिय बनाउन सकिन्छ भन्ने अनुसार आफु नियुक्ती भएका दिन देखि नै लागि परेको बताएका थिए । उनले ५ सय बेडको स्वीकृत भएपनि हाल ७ देखि ८ सय बेड को सेवा प्रवाह भैरहेको जानकारी दिदै सकारात्मक सोँचका साथ आगाडी बढेकमा यसबाट सबैको साथ र सहयोग हुने अपेक्षा समेत व्यक्त गरे उनल नीजि क्षेत्र र अस्पताल विकास समिति संघ संगै जानुपर्नेमा जोड दिएका थिए । निकट भविश्यमा नै एसएमएस प्रणाली लागू गर्ने, मोवाईल एप्स बाट नै टिकटको व्यवस्थापन गर्ने सहित सफाईलाई चुस्तदुरुस्त बनाउने काममाजोड दिदै जाने बताए ।


रोकीएको गुरुयोजानाको काम समयमा नै सूरु गर्नका लागि आफ्नो पहल जारी रहेको उनको भनाई रहेको थियो । छलफल कार्यक्रममा विकास समिति सदस्य लक्ष्मी भट्राई खनाल, नर्सिङ्ग विभाग इन्चार्ज ज्वोति भुषाल लगायतले बोलेका थिए ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६