अर्थ-वाणिज्य

कपासीमा चुनढुंगााको डम्प बिरुद्ध स्थानीयद्धारा बिरोध प्रर्दशन गर्दै ढुवानीमा रोक




कपिलवस्तु ९ जेठ।कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर १ कपासीका स्थानीयबासीले बिरोध प्रर्दशन गरेका छन् । बानिया निर्माण सेवा प्रालि हेटौडाले चुन ढुंगा डम्प गर्दा प्रदुषण बढेको भन्दै ढुवानीमा रोक लगाएका छन । सो निर्माण सेवाले २०७७ साल देखि अर्घाखाचीबाट चुनढुंगा झिकेर कपासी स्थित जग्गा भाडामा लिएर डम्प गर्दै आएको छ । बिद्यालयमा पठनपठानमा असर गरेको, १२ चक्के गाडी चल्दा बाटो बिग्रिएकोे, धुलो नै धुलो भएकोले सो डम्प तत्कालै हटाउनु पर्ने स्थानीयले बताएका छन् ।
आफुहरुले सो डम्प हटाउन पर्ने भन्दै गत बैशाख १२ गते वडा कार्यालयमा पत्राचार गरको ईश्वरी मल्ल ठकुरीले बताउनुभयो । पत्रमा २ सय ७ जनाले हस्ताक्षर समेत गरेका छन । नगरपालिका, प्रशासन, वन कार्यालय, अख्तियार लगायतका निकायमा समेत उजरी दिइएको उहाले बताउनुभयो । एक महिना सम्म कुनै सुनुवाई नभए पछि आफुहरु बाध्य भएर बिरोध प्रर्दशनमा उत्रेको उहाले बताउनुभयो । राजनीतिक पहुचले गर्दा उनको यो डम्प हटाउन अझै सम्म कसैले आट नगरेको स्थानीयको आरोप छ ।

प्रकाशित : ९ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६