समाचार

बर्ड फ्लू देखिएपछि ब्राजिलमा पशु स्वास्थ्य आपतकाल घोषणा



जेठ १० काठमाण्डौ – ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू ९एच फाइभ एन वन०का आठ वटा केस पुष्टि भएपछि ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरिएको हो ।

राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको हो ।ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ । भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको र बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर पनि खडा गरेको त्यहाँको कृषि मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ । जनावर तथा पन्छीहरूमा सङ्क्रामक रोग तीव्र रूपमा फैलिए पशु स्वास्थ्य आपतकालको घोषणा गरिन्छ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६