देश

पुल अलपत्र पारी बेपत्ता ठेकेदार खोज्न सीडीओलाई मेयरको पत्र



जेष्ठ ९, नवलपरासी पूर्व — कावासोतीको केरुंगे खोलामा निर्माणाधीन पक्की पुल निर्माण अलपत्र पारेर गत ३ वर्षदेखि बेपत्ता ठेकेदारको खोजी सुरु भएको छ । कावासोती नगरपालिकाका मेयर विष्णुप्रसाद भुसालले गत आइतबार प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर कावासोती नगरपालिका वडा नम्बर ३, ४ र ५ जोडने पक्की पुलको ठेक्का लिएका ठेकेदार कमल भट्टको खोजी गरिदिन आग्रह गरेका हुन् ।

पत्रमा काम थालेको वर्षौंसम्म पनि पुल निर्माणको काम सम्पन्न नगरेर बेपत्ता भएको भन्दै ठेकेदारलाई झिकाइदिन अनुरोध गरिएको छ । ठेकेदार झिकाएर कारबाही गर्न र काम पनि सम्पन्न गराउन ताकेता गरिदिन मेयरको आग्रह छ । २०७५ सालमा पुल निर्माणको ठेक्का लिएका एडभेन्चर कन्स्ट्रक्सन प्रालिका सञ्चालक कमल भट्ट बेपत्ता भएको र उनको मोबाइलमा सम्पर्क हुन नसकेको मेयरको भनाइ छ ।

२०७७ साल असार मसान्तसम्म काम पूरा गरिसक्नुपर्ने ठेक्का सम्झौतामा उल्लेख भए पनि ३ पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक २०७९ असोजमा ०८० असारसम्म पुल निर्माण गर्नेगरी म्याद थप भएको हो । ६ महिनाअघि पुल बनाउन सटरिङ गरिएको थियो । तर त्यसयता कुनै काम भएको छैन ।

काम थालेर सम्पर्कविहीन भएपछि नगरपालिकामा पत्राचार गरेर ठेकेदार खोजिदिन आग्रह गरेको वडा नम्बर–४ का अध्यक्ष नारायण लोहनीले बताए । अट्ठाइस बिघा र हसौरा जोडने १ सय ४० मिटर लामा पुल निर्माणका लागि एडभेन्चर कन्स्ट्रक्सनले १० करोड रुपैयाँमा ठेक्का सम्झौता लिएको हो ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६