जेष्ठ ९, पाल्पा —
तीन दिनदेखि बेपत्ता भएका ज्येष्ठ नागरिक तीन दिनपछि भीरमा मृत अवस्थामा फेला परेका छन् । तिनाउ गाउँपालिका–६, मस्यामका ६५ वर्षीय सहवीर नेपालीको खोजतलास गर्ने क्रममा तिनाउ गाउँपालिका–५, हिउँदेखोला नजिकै भीरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिए ।
उनी शनिबारदेखि घरबाट बेपत्ता भएका थिए । सहविर केही समयदेखि हिउँदेखोलास्थित सहोदर दाजुको घरमा बस्दै आएको र शनिबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ । बेपत्ताको खोजी गर्ने क्रममा घर नजिकैको भीरमा अड्किएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । घटनाको सम्बन्धमा दोभान प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया