प्रदेश

कपिलवस्तु बुद्धभूमीमा आगलागीबाट ३ घर जलेर नष्ट



कपिलवस्तु, १० जेठ । कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । मंगलबार राति बुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई मंगलबार राति आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो ।


आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात लगायतका सामान गरी करिब ६ लाख ७० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

प्रकाशित : १० जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६