प्रदेश

रूकुम पश्चिमको सानीभेरीमा जिप दुर्घटना हुदाँ पाँच जना गम्भिर घाईते




रूकुम, ११ जेठ ।
रूकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना भएको छ। सानीभेरी–५ मेल्चोरबाट खलङ्गा आउँदै गरेको लु १ ज १७४७ नम्बरको जिप आज बिहान पौने ८ बजे बाँफिकोट गाउँपालिका–८ दुलीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार जिप सडकबाट अन्दाजी चार सय मिटर तल खसको छ।

दुर्घटनामा गम्भीर घाइते भएका एक शिशु, दुई महिला र दुई पुरूषसहित पाँच जनाको अवस्था चिन्ताजनक छ। उनीहरूलाई उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए।

थप ११ जना घाइतेहरूलाई उद्धार गरी सल्ले अस्पताल लैजान लागिएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए।
पानी परिरहेका कारण घाइतेको उद्धारमा समस्या रहेको उनले बताए। ‍प्रहरी घटनास्थलमै रहेको र थप विवरण आउन बाँकी रहेको इन्सपेक्टर श्रेष्ठले बताए।

प्रकाशित : ११ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६