देश

मुलुकमा भ्रष्टाचार अन्त्य नभएसम्म विश्राम लिन्नौँः रवि लामिछाने



काठमाडौं, १३ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टहरुलाई नलखेटेसम्म विश्राम नलिने बताएका छन् ।
शनिबार रास्वपाको ललितपुर महानगर समितिको भेलामा सभापति लामिछानेले नेपाली जनताले भ्रष्टाचार निर्मूल पार्नु पर्‍यो भनेर घण्टी बजाएको बताए । भोट हाल्न अरु नेता नभएर होइन, पार्टी नभएर होइन । भ्रष्टाचार चाहिँ निर्मूल पार्नु पर्‍यो भनेर जनताले घण्टी बजाएका हुन्,’ उनले भने, ‘जतिसुकै घेराबन्दी होस्, भ्रष्टहरुलाई यो देशबाट नलखेटेसम्म र भ्रष्टाचारको जरो नउखालेसम्म हामी विश्राम लिँदैनौं ।’

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको अनुसन्धानमाथि आफूहरुलाई शंका लागेकाले संसदीय विशेष समिति बनाएर छानविन गर्न माग गर्नु परेको बताए । संसदीय विशेष समिति बनाएर यसमा संलग्नहरुलाई कारबाही गर्नका लागि आफ्नो पार्टीले सक्दो पहल गर्ने उनले बताए ।

प्रकाशित : १३ जेष्ठ २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६