समाचार

अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गयो




जेठ १४- अफ्रिकी देश चाडमा गाई गोठाला र किसानबीच भएको झडपमा १० जनाको ज्यान गएको छ । राजधानी एनजामेनाबाट ६ सय किलोमिटर दक्षिणपूर्वमा भएको घटनामा उनीहरुको ज्यान गएको हो ।हत्यामा संलग्नलाई पक्राउ गरिएको स्थानीय गभर्नरलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ । गएको बिहीवार एक १२ वर्षीय गोठालाले आफ्ना गाईबस्तुलाई किसानको बदाम खेतमा लगेपछि विवाद सुरु भएको थियो । विवादपछि झडप हुँदा उनको ज्यान गएको थियो । त्यसपछि ज्यान गुमाउनेका आमाबाबुले बदला लिन नौ जना किसानको हत्या गरेका खबरमा उल्लेख छ ।चाड, क्यामरुन र मध्य अफ्रिकी गणतन्त्रको उर्बर सीमा क्षेत्रमा प्रायः घुमन्ते गोठाला र त्यहाँ बसोबास गर्ने किसानबीच झडपका घटना हुँदै आएका छन् । यस्ता घटनाको मुख्य कारण खेतबारीमा लगाएको बालीमा बस्तुभाउ चराउँदा हुने गरेको छ । गोठालाहरूले आफ्ना गाईबस्तुहरूलाई बालीमा छाडिदिने गरेको आरोप किसानले लगाउने गरेका छन् । तर गोठालाहरूले त्यहाँ आफ्ना बस्तुभाउ चराउनु परम्परागत अधिकार भएको दाबी गर्दै आएका छन् ।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६