देश

कीर्तिमानी सगरमाथा आरोही हरिलाई एमालेको सम्मान



काठमाडौं, जेठ १४-
नेकपा एमालेले सगरमाथा आरोही हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ। कृतिम खुट्टाको सहायताले बुढा मगरले सगरमाथाको आरोहण गरी कीर्तिमान कायम गरेका थिए। एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय च्यासलमा आइतबार आयोजित कार्यक्रममा बुढा मगरलाई सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बुढा मगरले गरेको सगरमाथाको सफल आरोहणले अपांगता भएका व्यक्तिहरूलाई मात्र नभएर सबै नेपाली र विश्वका लागि नै प्रेरणादायी रहेको बताए।

भूतपूर्व गोरखा सैनिक मगरको दुवै खुट्टा छैन। उनले कृतिम प्रोस्थेटिक खुट्टाको सहायतामा सगरमाथा आरोहण गरेका थिए। सन् २०१० मा अफगानिस्तानको लडाईंमा उनले दुवै खुट्टा गुमाएका थिए। घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुन्।

बुढा मगरले यसअघि मोन्ट ब्लाङ्क ९४,८१० मिटर०, चुलु सुदूरपूर्व ९६,०५९ मिटर०, किलिमन्जारो ९५,८९५ मिटर०, र मेरा पिक ९६,४७६ मिटर० आरोहण गरिसकेका थिए। उनले गत जेठ ५ गते सगरमाथाको आरोहण गरेका थिए।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६