प्रदेश

गुल्मीमा बावुले हसिया प्रहार गर्दा छोराको नाक चटक्कै काटियो




गुल्मी, १४ जेठ ।
गुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्। गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविनकिशोर प्रधानका अनुसार गएराती भएको घरायसी बिवाद बढदै जादा बाबुले प्रहार गरेको हसियाले छोराको नाक काटिनुका साथै गहिरो चोट लागेको छ।


राती करीव १ बजे भएको घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी चौकी इस्माबाट गएको प्रहरी टोलीले बाबू दिलबहादुरलाई नियन्त्रणमा लिनुका साथै घटनामा प्रयोग भएको हसिया समेत बरामद गरेको प्रहरी उपरिक्षक प्रधानले बताए।


घाइते बावुराम नेपालीको प्रारम्भिक उपचार पछि थप उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पठाईएको छ।
नियन्त्रणमा लिइएको ब्यक्ती जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

मदिरा सेवनबाट जिल्लामा सबैभन्दा बढी अपराधिक घटना हुने थलोका रुपमा इस्मा चिनिन थालेको भन्दै स्थानीयले चिन्ता ब्यक्त गर्न थालेका छन्।

प्रकाशित : १४ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६