समाचार

नेपाली जनताको सघर्षबाट प्राप्त गणतन्त्रको शवलीकरण वर्तमान आवश्यकताः एमाले जिल्ला अध्यक्ष शर्मा

नेकपा (एमाले) द्धारा ऐतिहासिक १६ आं गणतन्त्र दिवसको शुभकामना





कपिलवस्तु, जेठ १५ ।
नेपाली जनताको वलिदानीपूर्ण सघर्षबाट प्राप्त ऐतिहासिक १६ औ गणतन्त्र दिवसको अवसरमा नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा प्रेस विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गर्नु भएको छ । जारी सन्देशमा ज्ञात, अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै आन्दोलनका क्रममा घाईते र वेपत्ता प्रति हार्दिक सम्मान ब्यक्त गर्दछौं भनिएको छ ।
विज्ञप्तीमा नेपाली जनताको जनअपेक्षा सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यलाई साकार पार्न हामि सबै नेपालीको साझा प्रयत्न आवश्यक रहेको चर्चा गर्दै नेपाली जनताको सघर्षबाट प्राप्त गणतन्त्रको शवलीकरण वर्तमानको आवश्यकता रहेको विज्ञप्तीमा भनिएको छ । यस ऐतिहासिक क्षणमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली बुवा, आमा, दिदी वहिनी सबै प्रति शुभकामना तथा बधाई ज्ञापन गरिएको छ । यस ऐतिहासिक दिनले हामि सबैलाई संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासनब्यवस्थाको माध्यमद्धारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकतावद्ध भई अघि बढन प्रेरणा प्रदान गर्ने विश्वास प्रकट गर्दछौं भनिएको नेकपा (एमाले) जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६