अर्थ-वाणिज्य

साधारण खर्च १२ खर्ब २५ अर्ब ८० करोडः अर्थमन्त्री महत



काठमाडौं, १५ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले साधारण खर्च बढ्दा त्यसले अर्थतन्त्रमा समस्या निम्तिएको बताएका छन् । सोमबार आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै उनले अर्थतन्त्रमा रहेका समस्या प्रस्तुत गरेका छन् । जसमा उनले साधारण खर्च मात्र १२ खर्ब २५ अर्ब ८० करोड पुगेको बताए ।

संरचनात्मक तथा केही नीतिगत समस्या रहेको भन्दै उनले रूस युक्रेन युद्धले आपूर्तिमा असर गरेको बताए । उच्च ब्याजदर, पूँजीगत खर्च नबढेको, समष्टिगत मागमा कमी आएका कारण पनि अर्थतन्त्र समस्यामा परेको बताए । मुद्रास्फीति नियन्त्रण र विनिमय सञ्चिति कायम गर्न लिएका नीतिले पनि समस्या बढाएको उनको भनाइ छ । पछिल्लो समय सूचकांकहरु सुधारोन्मुख रहेको समेत उनले बताए ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६