खेलकुद

महिला टी–२० क्रिकेटमा नेपालले मलेसियालाई हरायो



जेठ १६, काठमाण्डौ -नेपालले महिला टी–२० क्रिकेट शृङ्खलाको दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा एकरएकको बराबरी गरेको छ ।

आज बिहान बाङ्गीमा भएको खेलमा मलेसियाले दिएको ९८ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान रुविना श्रेत्रीले अविजित सर्वाधिक २९ रन बनाइन् । त्यस्तै, कविता कुँवरले २६ र सीता राना मगरले २३ रन जोडिन्।

मलेसियाका ऐश्या एलिसा, निक नुर र विनीफ्रन्ड आनीले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । मलेसियाका लागि मास एलिसा यासमिन जुक्किफीले सर्वाधिक २८ रन बनाइन् ।

नेपालका रुविना क्षेत्रीले २ तथा इन्दु बर्मा र कविता कुँवरले एकरएक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको थियो । शृङ्खला अन्तर्गत पर्सि बिहीवार तेस्रो, शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

प्रकाशित : १६ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६