खेलकुद

‘ए’ डिभिजन लिगमा आज सातदोबाटो र मछिन्द्र तथा थ्री स्टार र संकटा खेल्दै



जेठ १७, काठमाण्डौ – सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेलहरु हुँदैछन् ।एन्फा कम्प्लेक्समा हुने खेलमा सातदोबाटो युथ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

सातदोबाटो २२ खेलमा २९ अंकका साथ छैटौं स्थानमा छ । समान खेलमा मछिन्द्र ३६ अंकका साथ तेस्रो स्थानमा छ । यस्तै च्यासल मैदानमा थ्री स्टार क्लब र संकटा क्लबबीच खेल हुनेछ ।थ्री स्टार र संकटाको समान २२ खेलमा २६ अंक नै छ । थ्री स्टार तालिकाको ११ औँ तथा संकटा १२ औँ स्थानमा छ ।आजका दुई वटै खेल दिउँसो ३ बजे सुरु हुनेछन् । १४ टोली सहभागि ‘ए’ डिभिजन लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।

प्रकाशित : १७ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६