खेलकुद

महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले हरायो



जेठ १८, काठमाण्डौ –

महिला टि–२० क्रिकेट शृङ्खलाको तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले हराएको छ । जितसँगै नेपालले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ । बांगीमा आज भएको तेस्रो खेलमा जितका लागि १ सय ११ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ८३ रन मात्रै बनायो ।

उसका महिराह इजाती इस्माली सर्वाधिक ४४ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकिनन् । नेपालका कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले समान एकरएक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १० रन बनाएको थियो ।

नेपालका लागि कप्तान रुवीना क्षेत्रीले सर्वाधिक २७ रन जोडिन । त्यस्तै ज्वोती पाण्डेले २३, सीता राना मगरले २१ र इन्दु बर्माले २० रन बनाए ।मलेसियाकी निक नुर डीनले २ विकेट लिइन । त्यस्तै एलिसा फिर्दुज र विनफ्रिद आनीले समान एकरएक विकेट लिए ।पहिलो खेलमा ५ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा मलेसियालाई ७ विकेटले हराएको थियो । श्रृंखला अन्तर्गत पर्सि शनिवार चौथो र आइतवार पाँचौँ तथा अन्तिम खेल हुनेछ ।

प्रकाशित : १८ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६