देश

देशको समग्र हितको रक्षापछि मात्रै संसद्को अवरोध हट्छः केपी ओली



काठमाण्डौ, २१ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको समग्र हितको रक्षापछि मात्रै संसदमा भएको अवरोध हट्ने बताउनुभएको छ ।

आइतवार बसेको प्रतिनिधि सभाको बैठक अवरोधपछि संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले राष्ट्र, संविधानको रक्षा र भूमिको रक्षापछि मात्रै संसद्को अवरोध हटाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रको रक्षा, संविधानको रक्षा, भूमिको रक्षा, राष्ट्रिय स्वाभिमानको रक्षा र नेपालको समग्र हितको रक्षापछि मात्रै यो सेटल हुन्छ ।’

प्रतिपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरेपछि संसद् बैठक स्थगित भएको हो ।

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६