कृषि

भारतले अनुदानमा दिने राँगाबाट नेपालमा एक लाख भैंसीमा नश्ल सुधार हुनेछः कृषि मन्त्रालय



काठमाडौं, २१ जेठ ।
भारतले नेपाललाई दिन लागेको राँगोबाट एक लाख भैंसीमा नश्ल सुधार हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच भएको समझदारीमध्ये भारतले नेपाललाई १५ वटा राँगो दिने विषय सामाजिक सञ्जालमा ट्रोल बनेपछि मन्त्रमालयले यसबारे प्रष्ट पारेको हो ।

आइतबार एक सूचना जारी गर्दै मन्त्रालयले नेपालको आग्रहमा उन्नत जाताको मुर्रा प्रजातिको राँगो नश्ल सुधारका लागि अनुदानमा भारतबाट पाइने निश्चित भएको प्रष्ट्याएको हो ।

नेपालले यस अघि पटक–पटक औपचारिक र अनौपचारिक तबरबाट यस्तो राँगो माग गरेको मन्त्रालयले जनाएको छ । नेपालले ५ वर्ष अघिदखि नै नेपालमा भएको नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा भएको निर्णयानुसार नेपाल सरकारबाट विभिन्न समयमा औपचारिक अनौपचारिक तवरवाट भारत सरकारसंग ३० वटा उच्च प्रजनन मानका मुर्रा राँगो नेपाल सरकारलाइ उपलव्ध गराउन भएको मन्त्रालयले प्रष्ट्याएको छ । तीन वर्षअघि त लिखित रुपैयाँ राँगो माग गरिएको र १५ वटा उच्च नश्लका मुर्रा जातका पाडाहरु उपलब्ध गराउन भारतले प्रतिबद्धता जनाएको मन्त्रालयको स्पष्टोक्तिमा भनिएको छ ।

अहिले आएर भारतले दिने भनेको राँगो नेपाल सरकारलाइ वस्तुगत सहायता स्वरूप निशुल्क निःशुल्क उपलव्ध मन्त्रालयले जनाएको छ ।

यसरी प्राप्त राँगाहरुलाइ पशु सेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरु ९पोखरा, नेपालगञ्ज र लाहान० मा व्यवस्थापन गरि उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यको लागि उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । यी राँगाहरुवाट ३ वर्ष पश्चात वार्षिक कम्तीमा १ लाख ५ हजार लाख डोज वीर्य उत्पादन भइ कम्तीमा १ लाख भैसीमा कृत्रिम गर्भाधान गराइ नश्ल सुधार गरिने मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६