प्रदेश

पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु, ११ घाइते



पाल्पा, २१ जेठ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छ्न् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरूको पहिचान खुलेको छैन ।

सालझण्डीबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु १ च ९०२४ नम्बरको डबल क्याब जिप ढोरपाटन सडकमा दुर्घटनामा परेको प्रहरीको भनाइ छ । घाइते भएकाहरूलाई उद्धार गरी रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रकाशित : २१ जेष्ठ २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६