पर्यटन

पर्यटन प्रवर्द्धनका लागि ‘जाउँ हिंड रेसुङ्‍गा’ अभियान



२२ जेठ, गुल्मी । गुल्मीको पर्यटकीय क्षेत्र रेसुङ्‍गाको प्रचार प्रसार गर्नका लागि रेसुङ्‍गा नगरपालिकाले ‘जाउँ हिंड रेसुङ्‍गा’ अभियान सुरु गरेको छ । रेसुङ्‍गा क्षेत्रसम्म अभियान मार्फत धेरै पर्यटक लैजाने उदेश्यले ‘जाउँ हिंड रेसुङ्‍गा’ सुरुवात गरिएको नगरप्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

नगरप्रमुख पन्थीले एक कार्यक्रमका बीच अभियानको शुभारम्भ गर्नुभएको छ । रेसुङ्‍गा धार्मिक तथा पर्यटकीय हिसाबले धेरै महत्वपूर्ण क्षेत्र मानिन्छ । तर, अहिलेसम्म रेसुङ्‍गामा सोचे अनुसार पर्यटकहरु पुग्न सकेका छैनन् । अभियान शुभारम्भको पहिलो दिन ‘जाउँ हिंड रेसुङ्‍गा’ लेखेको टिसट लगाएर करिब १ सय ५० जनाको टोली रेसुङ्‍गा पुगेका थिए ।

कार्यक्रमको सुरुवात गर्दै नगरप्रमुख पन्थीले रेसुङ्‍गा क्षेत्रको प्रचारप्रसार गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । एक वर्षमा करिब एक लाख आन्तरिक र बाह्य पर्यटकहरुलाई रेसुङ्‍गा ल्याउने योजना बनाएको पन्थीले बताउनुभएको छ । पर्यटनको माध्यमबाट रेसुङ्‍गाको प्रचारप्रसार र युवाहरुलाई रोजगारी सृजना गर्ने लक्ष्य रहेको उहाको भनाइ छ ।

प्रकाशित : २२ जेष्ठ २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६