प्रदेश

नाबालिका करणी आरोपमा दाङमा पाँचजना पक्राउ




दाङ, २३ जेठ ।
दाङमा नाबालिकामाथि जबर्जस्ति करणीको आरोपमा पाँचजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर ६ का दुई १६ वर्षीय किशोर, सोहि वडाका १८ वर्षीय दिलशान अहमद, गढवा– ५ का २० वर्षीय सुहेल खान, कपिलवस्तु जिल्ला शिवराज नगरपालिका वडा नम्बर ११ मैतहवा घर भई हाल गढवा–६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेका प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत घोराहीबाट म्याद थप गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए। उक्त घटनामा संलग्न दुईजना फरार रहेको र उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६