प्रदेश

लोकल टुर गाइड तालिम तौलिहवामा सुरु



कपिलवस्तु, २३ जेठ । कपिलवस्तु सदरमुकाम तौलिहवामा एक हप्ते स्थानीय पथप्रर्दशक तालिम सुरु भएको छ । लुम्बिनी प्रदेशको पर्यटन विकास परिषद्को आयोजना र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)को प्राविधिक सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।

कपिलवस्तु सहित लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यको पहिचान, प्रचारप्रसार, प्रवर्धन, पर्यटन बजार व्यवस्थापनका साथै क्षमता विकास गर्ने उदेश्य अनुरुप सो तालिम आयोजना गरिएको जनाइएको छ । मुख्यतः पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा सहित लोकल टुर गाइड तालिम आयोजना गरिएको पर्यटन विकास परिषद्का कार्यकारी निर्देशक रामु जोशीले बताए ।
तालिमको उद्घाटन गर्दैै प्रदेशसभा सदस्य सुधाकर पाण्डेयले स्थानीय गाइडहरुले आगन्तुकलाई स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि इमानदारिता देखाउनुपर्ने बताए ।

पथप्रर्दशकले भाषागत, सांकेतिक या अन्य तरिकाले यहाँका पर्यटकीय क्षेत्रको चिनारीलाई पर्यटकलाई बुझाउन, चिनाउन महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत उल्लेख गरे । “तपाईहरुले तालिम मात्रै लिने कि काम पनि गर्ने ?” उनले प्रशिक्षार्थीहरुलाई इंगित गर्दै भने, “पर्यटकले बुझ्ने शैलीमा गाइड गर्नुस्, आफ्नो ठाउँका बारेमा प्रस्ट पार्नुस्” ।

जिल्ला समन्वय समितीका सभापति बाबुराम आचार्यले कपिलवस्तुको बिकासका लागि ठुलो लगानीको आवश्यकत्ता रहेको बताए । लुम्बिनी बिकास कोषले कपिलवस्तुलाई उपेक्षा गरेकाले यहाँका सबै साझेदारी पक्षसँगहरु बीच समन्वय हुनु आवश्यक रहेको उनले बताए । “गौतमबुद्धको जन्मिएको ठाउँलाई मात्र प्राथमिकता दिएको पाउँछु, जन्मिने ठाउँ त अस्पताल पनि हुन्छ, जन्मिएको ठाउँको सट्टा सिंगो घरदरवार भएको स्थानको बिकासका लागि सबै लाग्नुपर्ने हो ।” उनले भने ।

यस्तै, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले कपिलवस्तुको इतिहास कसैले मेट्न नसक्ने बताए । इतिहासले पुष्टि गरेको कुरालाई निर्धक्क रुपमा बुद्धको बास्तविक घर, राजदरबार कपिलवस्तु यहिँको हो भन्ने तर्फ सबैपक्ष लाग्नुपर्ने बताए । उनले पर्यटकीय स्थलमा काम गर्ने माली, सेक्युरिटी गार्डले बास्तविक कपिलवस्तु यहि हो भन्न सक्ने ब्यवस्था मिलाउनुपर्ने उनको भनाइ छ ।

काठमाडौंमा भोटेजात्रा देखाउँदा सबै घरबाट पुष्प बृष्टि गर्ने गरेको स्मरण गर्दै प्रजिअ आचार्यले भने, “बुद्धजयन्तीमा यहाँका सबै घरबाट पुष्प बृष्टि गरौं ।” यस्ले बुद्धप्रतिको अपनत्व र बुद्धस्थल र प्राचिन कपिलवस्तुको बिकास, प्रचारप्रसारमा टेवा पुग्ने उनले बताए ।

पर्यटन बिकास परिषद्का सदस्य प्रशान्त कार्कीको अध्यक्षता रहेको कार्यक्रममा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का बिभागीय प्रमुख अजय ढकाल, पुरातत्व बिभागका उपनिर्देशक राम बहादुर कुँवर, प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत, शसस्त्र प्रहरी नायब उपरिक्षक प्रकाश पौडेल, लुम्बिनी बिकास कोष परिषद् सदस्य गोपीकृष्ण शर्मा, लुम्बिनी बिकास कोष कपिलवस्तु सम्पर्क कार्यालय प्रमुख माधव आचार्य, होटल तथा पर्यटन ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रबिन्द्र पौडेल, लुम्बिनी होटल संघ नेपालका अध्यक्ष पुरुषोत्तम अर्याल कार्यक्रम प्रमुख रतन साउद, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६