प्रदेश

प्रधानमन्त्री दाहालले लुम्बिनी केबलकारको भोली उद्घाटन गर्दै




बुटवल, २४ जेठ ।
बुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १० बजे पाल्पाको तिनाउ गाउँपािलका–३, स्थित माथिल्लो स्टेशनमा उद्घाटन समारोह हुनेछ । केवलकार एकसाता अघि सञ्चालनमा आएको छ ।

बुटवल हिल्सद्वारा प्रबर्धित केवलकारको लगानी साढे ३ अर्ब रुपैयाँ छ । बुटवल उपमहानगरपालिका–३, बमघाटमा तल्लो र पर्यटकीय स्थल तिनाउ गाउँपालिका–३, वसन्तपुर, पाल्पामा माथिल्लो स्टेसन निर्माण गरेर लुम्बिनी केबलकार संचालनमा ल्याइएको हो । २०६० सालदेखि प्रक्रिया अघि बढेको केबलकारको २०७७ फागुन १ गते तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । लुम्बिनी केबलकार प्रालिमा आईएमई ग्रुपको ७५ प्रतिशत र बुटवलका उद्योगी व्यवसायीको २५ प्रतिशत लगानी छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६