प्रदेश

कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्नूः जि.प्र.का.कपिलवस्तु



कपिलवस्तु, २४ जेठ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले मातहतका सबै कर्मचारीहरुलाई अनिवार्य नियम पालना गर्न आग्रह गरेको छ । बिभिन्न ७ बुँदे चेतावनी पत्र सार्वजनिक गर्दै प्रशासनले नियम पालनामा कत्ति पनि दायाबाया नगर्नअनुरोध गरेको हो ।

जारी पत्रमा भनिएको छ, ‘कार्यालय समयमा, कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्नू ।’

प्रशासकीय अधिकृत निर्मल पोखेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकारी सवारी साधनको प्रयोग गरी टिकटक जस्ता भिडियो खिचेर सामाजिक सञ्जालमा नराख्न पनि आग्रह गरिएको छ ।

कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारवाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जाल मार्फत सेयर नगर्नेरनगराउने साथै कार्यालयको काम कारवाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचार प्रसार र जस लिने आसयले नगर्ने सम्बन्धी पनि निर्देशन जारी गरिएको छ ।

जारी गरिएको पत्रमा थप भनिएको छ, आफ्नो नियमित कर्तव्य भित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालहरुमा नराख्ने, सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीहरुले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा राख्नू।’

निर्देशनुसार ७ वटा बुँदाहरु कार्यान्वयन भए नभएको सम्बन्धमा मन्त्रालयबाट समेत सुक्ष्म अध्ययन एंव अनुगमन हुने जानकारी आएको उल्लेख छ ।

नेपालमा चर्चित सामाजिक सञ्जालका रुपमा टिकटक प्रयोगकर्तामा आएको बृद्धिसँगै यसको दुरूपयोग पनि बढ्दै गएको छ । रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भईरहेको सरकारको ठहर छ ।

केही पात्रहरुका कारण सिंगो कर्मचारी संगठन प्रति सेवाग्राहीको नकारात्मक दृष्टिकोण मौलाएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गृह मन्त्रालयलाई गत जेठ १९ गते एउटा निर्देशन जारी गर्यो ।

उक्त निर्देशनअनुसार केही वरिष्ठ अधिकारीहरुको अनुपयुक्त, अव्यवहारिक गतिविधि तथा पदको महत्वलाई ध्यान नदिई टिकटकमा अनावश्यक र उच्छृृङ्खल किसिमका भिडियो पोष्ट गर्ने गरेको भन्ने जनगुनासो निरन्तर आइरहेको भन्दै उक्त कार्य तत्काल रोक्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई मन्त्रालयले कडा निर्देशन दिएको थियो ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६