खोज–अनुसन्धान

अनेरास्ववियूको मिसन फरार अभियान शुरु : एकजना पक्राउ ,प्रहरीलाई बुझाइयो




तुलसीपुर, ३२ जेठ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा बाजुरामा विभत्स हत्या गरिएका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय अध्यक्ष चेतन सिंह ऐडीको हत्यामा संलग्न एक जनालाई आज धनगढीबाट पक्राउ गरिएको छ ।उक्त घटनाका मुख्य आरोपी रन सिंह ऐडीलाई धनगढी बस पार्क पछाडिको एक घरबाट अनेरास्ववियु र युवा संघ कैलालीका युवाहरूले पक्राउ गरेका हुन् । प्रहरीको सहयोगमा उनलाई पक्राउ गरी प्रहरीलाई नै बुझाइएको उनीहरूले जनाएका छन् ।घटनापछि फरार उनी लामो समयदेखि धनगढीमा लुकेर बसेको थाहा पाएपछि युवाहरूले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका ७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या गर्ने २२ जनाविरुद्ध अहिले मुद्दा रहेको छ । उनीहरुमध्ये अझै केही फरार रहेका छन् ।धनगढी बसपार्कबाट ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले पुष्टि गरे ।

प्रकाशित : ३२ जेष्ठ २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६