काठमाडौं १ असार । संवादले विवादमा तानिएको दक्षिण भारतिय चलचित्र आदिपुरुषले भ्रामक सन्देश दिने संवाद नहटाए काठमाडौं महानगरमा मात्र नभएर देशभर चलचित्र प्रदर्शन रोक्ने एमाले निकट अनेरास्ववियुले बताएको छ।अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले बालेनले उठाएको यस फिल्मको कुरालाई समर्थन गर्दै फेसबुक मार्फत चलचित्र निर्माण पक्षले गलत सन्देश दिन खोजेको भन्दै चलचित्र काठमाडौंमा मात्र नभएर देशभर चल्न रोक लगाउनु पर्ने उनले उल्लेख गरेका छन्।ुउनले यो अनुरोधलाई अवज्ञा गरे देशभरका सिनेमा हलमा अखिलले एकसाथ आक्रमण गर्ने चेतावनी दिएका छन् ।
दक्षिण भारतीय फिल्म आदिपुरुष नेपालमा रिलिज नहुदै मिथिला राजकुमारी जानकीलाइ भारतिय छोरीको उपमा दिएर गलत सन्देश प्रबाह गरेको सन्देश काठमाण्डौका मेयर वालेनले बाहिर ल्याउनु भएको छ। यस्तो गलत सन्देश निर्माण पक्षले दिन खोजेको हो भने उक्त निर्माण पक्षको चलचित्र काठमाडौंमा मात्र होइन देशैभरी चलाउन बन्द गर्नुपर्छु उहाँले उल्लेख गर्नुभएको छ / तत्काल निर्माण पक्षले चलचित्रको उक्त भ्रामक सन्देश सच्याएर सहि सन्देश चलचित्र मार्फत दर्शकलाइ प्रस्तुत गर्न अनेरास्ववियु सम्बन्धित पक्षलाइ आग्रह गर्न चाहन्छ।यदि निर्माण पक्षले विवादित संवाद नहटाए काठमाडौंमा प्रदर्शनमा रोक लागेको चलचित्र अनेरास्ववियुले देशैभर प्रदर्शनमा रोक लगाउने चेतावनी बडालले दिएका छन् ।भारतीय चलचित्र आदिपुरुष आज नेपालभरका सिनेमाहलहरुमा प्रदर्शनको तयारीमा छ।
१ असार २०८०, शुक्रबार
प्रतिक्रिया