बुटवल, ३ असार । पाल्पाको तिनाउ गाउँपालिका वडा नं। ३ स्थित तिनाउ नदिमा पौडी खेल्न गएका एक युवाको डुबेर मृत्यु भएको छ।सिद्धबाबा मन्दिर नजिकै तिनाउ खोलामा रहेको बुटवल पावर कम्पनीको विद्युत ड्याममा डुबेर गुल्मीको सत्यवती गाउँपालिका वडा नं। ७ का १८ वर्षीय अभिशेख परियारको मृत्यु भएको हो।जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ३ ड्राइभर टोलमा कोठा भाडामा लिएर बस्दै आएका अभिशेख शनिबार दिउसो पौडी खेल्न भन्दै तिनाउ खोलामा पुगेका थिए।
विद्युत उत्पादनको लागि तिनाउ खोलामा बाँधिएको ड्याममा पौडी खेल्ने क्रममा उनि अचानक खोलामा वेपत्ता भएका थिए।युवा वेपत्ता भएको खबर पाएपछि प्रहरी चौकी दोभानबाट गएको प्रहरी टोलीले उद्दार गरि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याएको थिए। तर अस्पतालमा ल्याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया