काठमाडौं ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई तर्साउनका लागि समाजवादी मोर्चा बन्न लागेको बताएका छन्। नव प्रवेशीलाई पार्टीमा स्वागतका लागि पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा ओलीले एमालेसँग मुकाबिला गर्नु मोर्चाको अर्को उद्श्ये भएको बताए। समाजवादी मोर्चा बनाएर हुन्छ के? एउटा एमालेसँग मुकाबिला गर्ने र अर्को कांग्रेसलाई तर्साउन ओलीले भने।एमाले १० दलिय मोर्चासित चुनाव लडेर खारिएकालाई पाच दलिय मोर्चाले के टक्कर दिन सक्छ र ? भन्दै ओलीले भने कांग्रेसलाई भने धक्का हुन सक्छ ।
ओलीले सहकार्य गरिरहेका दलहरुका बिचमा मोर्चाबन्दि गर्नु आवश्यक नभएको टिप्पणी गरे। लिभिङ टुगेदर त चलेकै छ त मोर्चा किनरु,ु उनले भने। ओलीले आफूले राष्ट्रिय शक्ति निर्माण गर्न खोजेको बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपाल ९जसपा०का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताले समाजवादी मोर्चाको घोषणाको तयारी गरेका छन्।
प्रतिक्रिया