कृषि

घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्काशन स्थगित




दाङ ४ असार । घोराही सिमेन्ट इन्डस्ट्रीको विवादपूर्ण आईपीओ निष्काशन स्थगित भएको छ। पूर्वनिर्धारित समयावधिमा मागअनुसार आवेदन परेपनि समय लम्ब्याइएकोमा बोर्डले त्यसो हुन रोकेको हो।नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको सार्वजनिक निष्काशनको सम्पूर्ण प्रक्रिया रोक्ने निर्णय गरेको हो।यसअघि बोर्डले केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्टीकरण दिन भनेकोमा अटेर गरेको थियो। यस्तै कम्पनीले कुनै आधारबिना आईपीओको म्याद थप्न अनुरोध गरेको थियो। बोर्डले कम्पनीको आईपीओ निष्काशनमा माग भन्दा बढी कित्ता सेयरका लागि आवेदन पर्दासमेत आईपीओ निष्काशनको समयावधि थप गर्न कम्पनीले सूचना प्रकाशित गरेपछि स्थगन गरेको जनाएको छ। बोर्डले लगानीकर्ताहरूको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै कम्पनीको रेटिङ र सार्वजनिक निष्काशन सम्बन्धि कैफियतको जाँचबुझ गरिने पनि जनाएको छ।

प्रकाशित : ४ असार २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६