काठमाडौं ६ असार । नेपाल सरकारका सम्पूर्ण वेबसाइटको सर्भर डाउन भएको छ ।जीओभी डट कम डट एनपी डोमेन डाउन भएका हुन् । सबस्टेसन र ट्रान्सफर्मरमा समस्या हुँदा नेपाल सरकार मातहत सम्पूर्ण सर्भर डाउन भएका हुन् । सर्भर डाउन भएसँगै वेबसाइट नखुलेपछि अनलाइनबाट हुने अत्यावश्यकीय काम प्रभावित हुनुका साथै सेवाग्राहीहरुलाई सास्ती भएको छ ।
यसैबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भर डाउन भएकाले उडान प्रभावित बनेका विमानस्थलका अधिकारीले जानकारी दिएका छन् ।
६ असार २०८०, बुधबार
प्रतिक्रिया