कपिलवस्तु ६ असार ।लुम्बिनी प्रदेश स्तरीय दलित महिला संघको अध्यक्षमा बाँकेकी निर्मला सुनार सर्वसम्मत चयन भएकी छिन् ।दाङको लमहीमा २ दिन सम्म चलेको दलित महिला संघ लुम्बिनी प्रदेश स्तरीय सम्मेलनले सुनारको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । गठित संघको उपाध्यक्षमा गुल्मीकी कमला बराल, सचिवमा दाङकी गंगा विश्वकर्मा, कोषाध्यक्षमा प्युठानकी लक्ष्मी परियार रहेका छन् ।त्यसै गरि सदस्यहरुमा रुपन्देहीकी मनु खड्का, बर्दियाकी कमला रसाइली, अघाँखाँचीकी मिना भुसाल, पुर्वी रुकुमकी दिपिका विक, कपिलवस्तुकी निर्मला नेपाली, रोल्पाकी कमला परियार र दाङकी राधा विक रहेका छन् ।
६ असार २०८०, बुधबार








प्रतिक्रिया