प्रदेश

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ जनाको ज्यान गयो



रोल्पा, ३१ असार । जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरू ११ वर्षीय सुशील र छ वर्षीय प्रेम रहेका जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरूलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

प्रकाशित : ३१ असार २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६