देश

बुटवलमा १० लाख रूपैयाँ बराबरका मोबाइल र पार्टपुर्जा बरामद



रुपन्देही, ०३ साउन । बुटवलबाट करिब १० लाख रुपैयाँ बराबरका अवैध रूपमा भित्रिएका मोबाइल र पाटपुर्जा प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ७४ हजार ५ सय रुपैयाँ मूल्य बराबरको मोबाइल र पाटपुर्जा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामू अर्यालका अनुसार ती सामानसहित शुद्धोधन गाउँपालिका–४ का २३ वर्षीय दिनानाथ थारु पक्राउ परेका छन् । उनीसँगबाट एउटा स्कुटर र विभिन्न किसिमका २३ थान मोबाइल बरामद गरिएको प्रहरीको भनाई छ । प्रहरीले चार्जर, ब्याट्री र मोबाइलका डिस्प्लेलगायतका सामान बरामद गरी भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी दिएको छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६