प्रदेश

नेपालगञ्ज भन्सारमा गतवर्षको तलुनामा कम राजस्व असुली



खजुरा, ०३ साउन । नेपालगञ्ज भन्सार कार्यालयमा आर्थिक वर्ष २०७९/८० मा लक्ष्य अनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा सङ्कलन भएको राजस्वभन्दा आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब बढीले राजस्व असुली घटेको छ ।

आर्थिक वर्ष २०७९/८० मा २९ अर्ब ३२ करोड ९५ लाख ३९ हजार रुपियाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा नेपालगञ्ज भन्सार कार्यालये जम्मा १८ अर्ब १९ करोड ६९ लाख ७५ हजार रुपियाँ राजस्व सङ्कलन गरेको नेपालगञ्ज भन्सार कार्यालयका कर अधिकृत सूचना अधिकारी डिल्लुप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार लक्ष्यको ६२.०५ प्रतिशतले मात्र राजस्व असुली भएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा २५ अर्ब २१ करोड छ लाख ६२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको भन्सार कार्यालयले २२ अर्ब ३१ करोड ८३ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको सूचना अधिकारी शर्माले बताउनुभयो । उहाँका अनुसार उक्त आर्थिक वर्षमा लक्ष्यको ८८.५३ प्रतिशत राजस्व सङ्कलन भएको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १२ करोड १३ लाख ६३ हजार रुपियाँले कम राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो । सूचना अधिकारी शर्माका अनुसार आर्थिक वर्ष २०७९/८० को साउन महिनामा १ अर्ब ७८ करोड ८५ लाख ५५ हजार लक्ष्य लिएकोमा १ अर्ब ३५ करोड ४८ लाख ३० हजार, भदौमा २ अर्ब २३ करोड २६ लाख १३ हजार लक्ष्य लिएकोमा १ अर्ब ४२ करोड ३५ लाख १३ हजार, असोजमा २ अर्ब ३४ करोड १९ लाख १४ हजार लक्ष्य वरहेकोमा १ अर्ब २८ करोड ५० लाख ५७ हजार, कात्तिकमा २ अर्ब ३९ करोड ८२ लाख सात हजार लक्ष्य लिएकोमा १ अर्ब ५४ करोड ५६ लाख ५२ हजार, मङ्सिरमा २ अर्ब ४९ करोड ५० लाख नौं हजार लक्ष्य रहेकामा १ अर्ब ३७ करोड ७४ लाख ६० हजार र पुष महिनामा २ अर्ब ६७ करोड ८६ लाख ६४ हजार लक्ष्य रहेकोमा १ अर्ब ५० करोड ८२ लाख ६६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

त्यसैगरी, माघ महिनामा २ अर्ब ४८ करोड ३२ लाख ८३ हजार लक्ष्य रहेकामा १ अर्ब ५२ करोड ५ लाख ४३ हजार, फागुनमा २ अर्ब ५८ करोड ३१ लाख ८३ हजार लक्ष्यमा १ अर्ब ४२ करोड नौं लाख आठ हजार, चैतमा २ अर्ब ५६ करोड ३५ लाख ४८ हजार लक्ष्यमध्ये १ अर्ब ७६ करोड ६१ लाख ६९ हजार, बैशाखमा २ अर्ब ६२ करोड ७८ लाख ९० हजार लक्ष्यमध्ये १ अर्ब ६८ करोड ५५ लाख २७ हजार, जेठमा २ अर्ब ५५ करोड ६० लाख ४० हजार लक्ष्य रहेकोमा १ अर्ब ७२ करोड ४५ लाख ३५ हजार र आषाढ महिनामा २ अर्ब ५७ करोड ९६ लाख ३३ हजार लक्ष्य रहेकोमा १ अर्ब ५८ करोड ४५ लाख १६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी शर्माले जानकारी दिनुभयो ।

नेपालगञ्ज भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा २५ अर्ब २१ करोड छ लाख ६२ हजार राजस्व सङ्कलनको लक्ष्य लिएकोमा २२ अर्ब ३१ करोड ८३ लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो जुन लक्ष्यको ८८.५३ प्रतिशत हो ।

आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा नेपालगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा ४ अर्ब १२ करोड १३ लाख ६३ हजारले कमी आएको छ । आर्थिक वर्ष २०७८/७९ मा भन्दा आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ११ करोड ८८ लाख ७७ हजार रुपियाँ बढी राजस्व सङ्कलनको लक्ष्य लिएको भन्सार कार्यालयले उल्टा ४ अर्ब १२ करोड १३ लाख ६३ हजार रुपियाँ कम राजस्व सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा १६.३४ प्रतिशत बढीको राजस्व सङ्कलनको लक्ष्य रहेकोमा १८.४७ प्रतिशतले कम राजस्व सङ्कलन भएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

आर्थिक वर्ष २०७७/७८ मा भने नेपालगञ्ज भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । उक्त आर्थिक वर्षमा ११९.३६ प्रतिशत राजस्व सङ्कलन भएको थियो । सो आर्थिक वर्षमा १७ अर्ब ७८ करोडको लक्ष्य रहेकोमा २१ अर्ब २२ करोड रुपियाँ राजस्व सङ्कलन भएको भन्सार कार्यालयको तथ्याङ्क छ ।

प्रकाशित : ३ श्रावण २०८०, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६