देश

रुपन्देही र गुल्मीका ४ युवा करोड बढी मूल्य पर्ने विदेशी मुद्रासहित पक्राउ



रुपन्देही, ०४ साउन । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् । विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

थप अनुसन्धानका क्रममा तिलोत्तमा -९ कै ३८ वर्षीय दिपेश रानालगायत तीन जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पार्किङ एरियामा बाग्मती प्रदेश -०१-०२७ च ६२६६ नम्बरको गाडीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले २ जनाको नाम खुलाएको छैन ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६