प्रदेश

चुस्त संगठन मार्फत शुसासनको प्रत्याभुतीः नेता भट्टराई




कपिलवस्तु, ०५ साउन ।
नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले पार्टी संगठनलाई चुस्त बनाउदै मुलुकलाई शुसासनको प्रत्याभूति दिने काममा नेकपा एमालेको निरन्तर अगुवाई रहेको दावी गर्नु भयो । विगत लामो समयदेखि एमालेले जनपक्षिय कार्यको अगुवाई गरेको तर्क गर्दै एमालेलाई निरन्तर रुपमा राष्ट्रियताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको विकासमा जोड दिदै आएको जिकिर गर्नु भयो । नेता भट्टराईले बैचारिक र राजनैतिक रुपमा सिंगो पार्टी पक्तिलाई स्पष्ट पार्ने काममा निरन्तर नेतृत्व लाग्नुपर्नेमा जोड दिनु भयो । नेकपा (एमाले) कपिलवस्तुको पदाधिकारी वैठकलाई मदन आश्रित स्मृति भवन तौलिहवामा विहिवार सम्बोधन गर्दै यस्तो धारणा राख्नु भएको हो ।


जिल्ला पदाधिकारी वैठकले श्रावण ७ गते पुष्पलाल स्मृती दिवस जिल्लाको राजापानीमा रचनात्मक क्रियाकलापका साथ सम्पन्न गर्ने निर्णय गरेको एमाले कपिलवस्तुले जनाएको छ । वैठकले पार्टी सदस्यता नविकरण र नयाँ पार्टी सदस्यताको विषयमा समेत समिक्षा गरेको जनाएको छ ।


जिल्ला पदाधिकारी वैठकमा नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य गिरधारीलाल न्यौपाने, एमाल) केन्द्रिय सदस्य एवम् निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्य बलराम अधिकारी, एमाले केन्द्रिय सदस्य शुसिल कुमार श्रीवास्तवले मन्तब्य राख्नु भएको थियो ।


वैठकमा एमाले केन्द्रिय लेखा आयोगका उपाध्यक्ष एवम् प्रदेश सभा सदस्य विष्णु पंथी, एमाले नेताहरु टिकाराम अर्याल, काशीराम बेल्बासे, दान बहादुर चौधरी, भानु प्रकाश श्रेष्ठ एमाले नेताहरु कृष्ण प्रसाद पौडेल, मित्रलाल शर्मा लगायतको आतिथ्यता बताइएको छ ।


पदाधिकारी वैठक नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माको अध्यक्षता, उपाध्यक्ष विश्राम प्रसाद थारुको स्वागत र जिल्ला सचिव सिवि गहतराजको संचालनमा सम्पन्न भएको एमाले जिल्ला प्रचार तथा प्रकाशन विभाग कपिलवस्तुले जनाएको छ ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६