प्रदेश

दाङमा ११ वर्षीया बालिका बलात्कृत



दाङ, ०५ साउन ।
दाङमा फेरि अर्की एक बालिका बलात्कृत भएकी छिन् । यही २ साउनको राति ११ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ।

बलात्कार आरोपी उपमहानगरपालिका– ११ बाघखोलीका २८ वर्षीय सुनिल विक फरार रहेको जसपुर प्रहरी चौकीका इन्चार्ज वीरबहादुर भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार २ साउनको राति घरमा बाबुआमा नभएको समयमा ती युवकले बालिकालाई बलात्कार गरेका थिए।

घटनाबारे ढिला (बिहीबार) मात्रै थाहा भएको हुँदा आरोपित फरार भएको उनले बताए। पीडित बालिकाको परिवार स्वास्थ्य चौकी गएर घटनाबारे बताएपछि मात्रै उक्त घटना बाहिर आएको हो।

प्रहरीका अनुसार पीडित बालिकाका बुबा रोजगारको सिलसिलामा घरबाहिर गएको र आमा आफन्तको घरमा गएको मौका छोपी बालिकामाथि बलात्कार भएको हो। फरार आरोपीको खोजीकार्य जारी छ।

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६