प्रदेश

माछा मार्न आफैले थापेको जालमा परेर पाल्पामा एक जनाको ज्यान गयो



पाल्पा, ०६ साउन । पाल्पामा माछा मार्न आफैले थापेको जालमा परेर एक जनाको ज्यान गएको छ । रम्भा गाउँपालिका वडा नम्बर २, फोक्सिङकोटका २६ वर्षीय कोपिल पाडेमगरको ज्यान गएको प्रहरी चौकी हुँगीले जनाएको छ ।

कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा पाडेमगरको घटनास्थलमै ज्यान गएको हो । घटनाको बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

प्रकाशित : ६ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६