देश

सामाजिक न्याय सहित समृद्ध समाज निर्माणबाट मात्र पुष्पलाल प्रति सच्चा सम्मान हुने : अध्यक्ष शर्मा



कपिलवस्तु साउन ७

नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा ४५ औ पुष्पलाल स्मृती दिवसका अवसरमा एक प्रेस विज्ञप्ती मार्फत सामाजिक न्याय सहितको समृद्ध नेपाल निर्माणमा जुटन सकेमा पुष्पलाल प्रतिको सच्चा सम्मान हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्म १९८१ साल असार १५ गते रामेछाप जिल्लाको भंगेरीमा भएको थियो । बुवा भक्तलाल र आमा तुल्साकुमारीको कोखबाट माइला छोराको रुपमा पुष्पलालको जन्म भएको हो । वि.स. २०३५ सालमा भारतमै निधन भएका पुष्पलालको तत्कालिन शासकले लास नेपाल ल्याउन नदिदा भारतको जमुना नदीमै दाहसंस्कार गरिएको थियो । नेपाली जहानीय शासनका विरुद्ध संस्थागत रुपमा संघर्ष गर्ने कार्यमा पुष्पलालको महत्वपूर्ण योगदान रहेको छ ।

२००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीका महासचिव पुष्पलालको टुक्रा टुक्रामा रहेका कम्युनिष्टहरुलाई एकिकृत गर्ने काममा महत्वपूर्ण योगदान रहेको पुष्पलाल नेपाली समाजको रुपान्तरणमा कम्युनिष्ट र कांग्रेस एकिकृत रुपमा सघर्ष गर्नुपर्नेमा जोड दिनु हुन्थ्र्यो । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा सामान्ती चिन्तनबाट कम्युनिष्ट कार्यकर्ता मुक्त बन्दै नेपाली समाजको सकारात्मक रुपान्तरणमा पुष्पलालले खेलेको भूमिकाबाट कम्युनिष्ट कार्यकर्तामा सधै शक्ति प्राप्त हुने भनिएको छ । पुष्पलालको सादा जीवन उच्च विचार प्रतिको सकारात्मक सोचका कारण समाज रुपान्तरणमा महत्वपूर्ण बल पुगेको उल्लेख गरिएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा जातिय विभेद, समाजका विकृती, विसंगती, कुसस्कारका विरुद्ध निरन्तर आफुलाई अब्बल सावित गर्नुहुने सरल, सादा जीवनका धनी पुष्पलालको जीवन शैलीबाट नेपाली समाजको विकासमा सार्थक भूमिका रहेका भनिएको छ ।

प्रकाशित : ६ श्रावण २०८०, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६