प्रदेश

रुपन्देहीः गरगहना चोरेर भाग्दै गरेका श्रीमान्–श्रीमती पक्राउ



रुपन्देही, ०७ साउन। मायादेवी गाउँपालिका ४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।

उनीहरूले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको साथबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर(गहना फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६