प्रदेश

रुपन्देहीमा शनिबार सरकारी सवारी दुरुपयोग गर्ने ट्राफिकको नियन्त्रणमा



रुपन्देही, ०७ साउन । रुपन्देही जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख दीपेन्द्र ढकाल सवार सरकारी गाडीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार विद्यालय अनुगमनको बहानामा प्रशासनको पास बिना गाडीमा सवार भएको अवस्थामा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।

पासबिनाको जिल्ल शिक्षा समन्वयको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका नियन्त्रणमा लिएको प्रहरी निरीक्षक साकार राज पन्तले बताए । गाडी जिल्ला प्रशासनका बुझाइदिने र सरकारी दुरुपयोगको अभियोगमा प्रशासनबाटै कारबाही हुने जानकारी दिए ।

शनिबारको दिन सरकारी गाडीको दुरुपयोग गर्दै शिक्षा समन्वय प्रमुख ढकाल पाल्पाको नुवाकोट पुगेका थिए । उनले जिल्ला प्रशासन कार्यालयको अनुमति विना शनिबार सरकारी गाडी लिएर घुमफिर र खानपानमा हिँडेको खबर आए लगत्तै प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको निर्देशनमा ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको बताए ।

शनिबार बिहान बुटवलबाट केबलकार चढेर वसन्तपुर घुम्न पुगेका उनी दिउँसो पाल्पाको नुवाकोटमा पुगेर रम्दै गरेको अवस्थामा फेला परेका थिए । उनीसँगै केही निजी विद्यालय सञ्चालकहरू पनि साथमा रहेको बताइएको छ ।

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६