प्रदेश

कम्तिमा २०% वहाल घटाउन उद्योग व्यापार संघ कपिलवस्तुको माग




बाणगंगा, ०७ साउन । उद्योग व्यापार संघ कपिलवस्तुले कम्तिमा २०% वहाल घटाउन माग गरेको छ । कोभिडको महामारीपछि उद्योगी ब्यवसायी मारमा परेको हुनाले ब्यवसायिक घर/ जग्गा तथा सटरधनीलाई संघले यस्तो माग गरेको हो ।

शनिवार संघको कार्यालय वाणगंगा ४ जितपुरमा बसेको सातौँ नियमित वैठकले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको हुदा वहालमा कम्तिामा २० प्रतिशत नघटाउने हो भने भयावहको स्थिति आउने भन्दै विज्ञप्ती जारी गरेको छ । यसको लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने संघका अधयक्ष खिमानन्द पौडेल कोपिलको भनाई छ ।

बैठकमा उद्योग व्यापार संघका केन्दीय सदस्य टोपनाराण वेल्वासेले देशका विभिन्न सहर तथा बजारमा ब्यवसायीक घर जग्गा तथा सटरहरु खालि हुँदै गैरहेको बताए । उनले यसरि व्यवसायी पलायन हुन लागेको परिस्थति लाई मध्यनजर गर्दै व्यवसायी लाई थोरै भएपनि राहत तथा प्रोत्साहन गर्न घर भाडा कम गर्नु पर्नेमा जोड दिए ।


यस्तो नभएमा व्यवसायी पलायन हुनुको विकल्प नभएको भन्दै परिस्थतिलाई आत्मसात गरि व्यवसायी लाई थोरै भएपनि राहत दिन विज्ञप्तीमार्फत् संघले माग गरेको हो ।

यस्तो छ विज्ञप्ती :

प्रकाशित : ७ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६