प्रदेश

विजयनगरमा सडेको अवस्थामा पुरुषको शव फेला



विजयनगर, ०८ साउन। कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला परेको छ ।
सोमबार गाउँपालिकाको वडा नम्बर ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीको नजिकै मृतक स्थानीय राम सहनी यादव रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउन ६ गते घरायसी विवादका कारण बेपत्ता भएका थिए । स्थानीयले मृत अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

प्रकाशित : ८ श्रावण २०८०, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६