प्रदेश

कपिलवस्तुबाट झण्डै ५० लाखको अवैध सामान सशस्त्र प्रहरी गर्‍यो बरामद



बुटवल, ९ साउन ।
भन्सार छली नेपाल ल्याएको झण्डै ५० लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट अवैध सामान नियन्त्रणमा लिएको हो ।

चारवटा भारतीय नम्बर प्लेटका मोटरसाईकलमा ल्याइएको अवैध सामान विजयनगर गाउँपालिका वडा नम्बर १ जवावैराट जंगलमा लुकाइछिपाई राखेको अवस्थामा सोमबार राति करिव साढे २ बजे प्रहरी निरीक्षक पौडेल नेतृत्वको सशस्त्रको गस्ती टोलीले फेला पारेको थियो । बरामद गरिएका सामानहरुमा अपडा र चप्पलहरु रहेको र त्यसको अन्दाजी मूल्य झण्डै ५० लाख पर्ने प्रहरी निरीक्षक पौडेलले बताए ।

टोलीले चारवटा भारतीय नम्बर प्लेटका मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । जसमा एउटा पल्सर र तीनवटा स्प्लेन्डर रहेका छन् । बरामद गरिएको सामान कृष्णनगर भन्सार कार्यालयमा बुझाउने तयारी गरिएको पौडेलले बताए । बुटवलमा कार्यरत रहँदा समेत प्रहरी निरीक्षक पौडेलले अवैध सामान ओसारपसार र तस्करी नियन्त्रणमा सफलता हासिल गरेका थिए ।

सशस्त्र प्रहरी बल नं। ५ विन्ध्यवासिनी बाहिनी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृष्ण अधिकारीले अवैध सामान ओसारपसार र तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी सक्रियताका साथ लागेको बताए । “सशस्त्र प्रहरीले देशैभरि नै यसका लागि अग्रसरता देखाएर सफलता हासिल गरिरहेको छ, विशेषगरी सीमा क्षेत्रमा हामीले निगरानी बढाएका छौं”–उनले भने ।

सशस्त्र प्रहरी बल नेपाल २८ नम्बर गण कपिलवस्तुका गणपति जीवन केसीले सशस्त्र प्रहरीले रातको समयमा समेत गस्ती बढाएर अवैध ओसारपसारलाई निस्तेज पार्नेतर्फ क्रियाशिल रहेको बताए ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६