प्रदेश

घोराही जाँदै गरेको स्कार्पियो खोलाले बगायो



तुलसीपुर, ०९ साउन । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको एउटा स्कार्पियो खोलामा आएको बाढीले बगाएको छ ।
तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् । स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।

जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६