देश

मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित



काठमाण्डौ, ११ साउन । मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रियसभाको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ सर्वसम्मतरूपमा पारित गरेको हो ।

अब यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने बाटो खुलेको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि कानुनका रूपमा कार्यान्वयनमा आउनेछ ।

यसअघि सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि आयोग गठन गरे पनि कानुन नबन्दा आयोगलाई काम गर्न समस्या भएको थियो ।

राष्ट्रियसभाका अघिल्ला बैठकमा नै यो विधेयक पारित हुनुपर्ने भए पनि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले केही कानुनी विषयको अध्ययन गर्ने भन्दै निर्णयार्थ पेस गर्नुभएको थिएन । मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी सरकारले गएको वैशाख २० गते अध्यादेश ल्याएको थियो । प्रतिनिधिसभामा निर्णयार्थ पेस हुने दिन नै नेकपा एमालेका सांसदले बैठकमा अवरोध गरेपछि फेरि नयाँ प्रक्रियाबाट विधेयक पेस हुँदै पारित भएको हो ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६