प्रदेश

भन्सार विभागबाट जारी लेवल सम्बन्धि सूचनाले व्यवसायी अन्यौलमा



भैरहवा, ११ साउन । भन्सार विभागबाट जारी भएको ‘लेबल लगाउने सम्बन्धी सूचना’का कारण व्यवसायीहरु माझ अन्यौल एवम् त्रासको वातावरण सृजना भएको व्यवासायीहरुले गुनासो गरेका छन । वीरगञ्ज उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, नेपालगन्ज उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सुचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

‘२०८० श्रावण १ गतेदेखि लेवलिङ्ग कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्ररी प्रभावित हुन पुगेको छ । सिद्धार्थ उध्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले भने ‘ भन्सार विभागद्वारा जारी सूचना आफैमा अस्पष्ट त छँदैछ, संगसंगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेवलिङ्ग वारे प्रष्ट छैनन् ।’
लेवलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नुपर्ने उनको भनाई छ ।

उद्योग, व्यापार, व्यवसायहरु अनेक समस्याका बावजूद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै बताउदै श्रेष्ठले विभिन्न सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउँमा भइरहेको अनापेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको दाबि गरे । विगत केही महिनादेखि भन्सार प्रशासनले राजस्व सङ्कलनका नाउँमा आयातकर्ताहरुलाई दुःख दिने कार्य गरिरहेको उनले आरोप लगाए । भन्सार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भंसार जाँचपास नगर्ने, बर्षौ पुराना कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा मालवस्तु मूल्यांकन गरी जांचपास गर्नु असान्दर्भिक हो । ’ श्रेष्ठले भने ‘यस्ता किसिमको अव्यवहारिक र अन्यायोचितकार्य यथाशीघ्र बन्द गरी पैठारीकतांने पेश गरेको विल विजका आधारमा मुल्यांकन गर्नु पर्ने सङ्घको माग रहेको छ।’

वास्तविक मूल्य राखी जाँचपास गराउन खोज्दा पनि ५० प्रतिशत सम्म जरिवाना 0पेनाल्टी) लगाउने मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भन्सार जाँचपास गर्नुपर्नेमा आफूखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेको लगायतका कार्यले नेपाली आयातकर्ताहरु आक्रान्त भएको उद्योगि ब्यवसायीको आरोप छ । भन्सारबाट जाँचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातक मर्कामा परेको श्रेष्ठले बताए ।

आवश्यक प्रक्रियाहरू पुन्याई सम्पूर्ण कागजातहरुका बाबजूद भार जाँचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको मूल्यांकन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पाउने परिपाटी समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको उनको भनाइ छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, मोरङ व्यापार संघका अधक्ष नवीन रिजाल, सिद्धार्थ उद्योग वाणिज्य संघ अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मंसुरीद्वारा जारी संयुक्त बिज्ञप्तीमा विद्यमान जटिल समस्या र अन्यौलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा माग गरिएको छ । समस्याको समाधान नभएमा कडा विरोधका कार्यक्रमहरु अगाडी सार्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : ११ श्रावण २०८०, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६