दाङ, ११ साउन ।
दाङको तुलसीपुरमा बलात्कारको अर्को घटना सार्वजनिक भएको छ। मंगलबार दिउँसो साढे २ बजेतिर १४ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। बलात्कारको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका– ११ निवासी २३ वर्षीय बिनोद वलीलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार वलीले बालिकालाई घर नजिकैको मकैबारीमा बोलाई बलात्कार गरेका हुन्।
बलात्कारपछि अचेत अबस्थामा बालिकालाई उनकी आमाले भेटाएकी थिइन्। अहिले उनको अबस्था सामान्य रहेको बताइएको छ। वलीलाई बिहीबार पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
केही दिनअघि मात्रै तुलसीपुरमा ७३ वर्षीया बृद्धा र ११ बर्षीया बालिका बलात्कृत भएका थिए। तुलसीपुरमा पछिल्लो समय बालात्कारका घटना बढिरहेका छन्।








प्रतिक्रिया