काठमाडौं, १२ साउन । पार्टी संगठन सुदृढीकरणका लागि नेपाली कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्य खटाउने भएको छ ।केन्द्रीय सदस्यलाई दुई चरणमा जिल्लामा खटाउन लागिएको छ । पार्टी केन्द्रीय समितिको निर्णय अनुसार दुई चरणमा गरिने कार्यक्रम फरक फरक प्रकृति र उद्धेश्यका छन् । पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरण र राष्ट्रव्यापी अभियानका लागि केन्द्रीय सदस्यहरुलाई जिल्ला तोकेर जिम्मेवारी दिन लागिएको छ ।
सांगठनिक सुदृढीकरणका लागि साउन २० देखि ३० गतेसम्मको समय तोकिएको छ । यस अवधि पार्टीको आन्तरिक कार्यमा केन्द्रीय सदस्यहरुले जिम्मेवारी निर्वाह गर्नेछन् ।
पहिलो चरणमा जिल्ला जाने केन्द्रीय सदस्य पूर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका लागि कार्य गर्नेछन् । केन्द्रमा बनेको जस्तै वार्षिक क्यालेण्डर बनाउन लगाउने जिम्मेवारी पनि केन्द्रीय सदस्यको हुनेछ ।
केन्द्रीय समितिले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । सेवा दलको कार्यविधि जिल्ला खटिने प्रतिनिधिले केन्द्रबाट लगेका हुन्छन् । त्यस अनुसार सेवा दल गठनको प्रक्रिया सुरु गराउन सहजीकरण केन्द्रीय सदस्यहरुले गर्नेछन् ।








प्रतिक्रिया