ब्रेकिंग न्युज

रुकुमको बाँफीकोटमा मोटरसाइकल सानीभेरी नदीमा खस्दा एक जनाको ज्यान गयो



रुकुम पश्चिम, १४ साउन । गएराति रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् ।

बाँफीकोट गाउँपालिकाको गारागाट सडक खण्ड हुँदै छिनखेतबाट पुरानो ठाँटी जानेक्रममा सानीभेरीमा मोटरसाइकल खस्दा २४ वर्षीय नन्दलाल विकको ज्यान गएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठका अनुसार गएराति साढे नौ बजे रा ३ प २८६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सानीभेरी नदीमा खसेको हो ।

प्रहरी निरीक्षक श्रेष्ठले मोटरसाइकल पछाडि रहेका २३ वर्षीय कपिल विकलाई दुर्घटनापश्चात उद्धार गरेर जिल्ला अस्पताल सल्ले पठाएको बताउनुभयो । घाइते विकको उपचार भइरहेको छ ।

प्रकाशित : १४ श्रावण २०८०, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६